कीर्तिपुरका व्यापारीहरू द्वारा दसैं मेलाको विरोधमा बिहीबार बजार बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता भदौ २६  गते ।  

कीर्तिपुरका व्यापारीहरूले दसैं मेलाको विरोधमा बिहीबार बजार बन्द गरेका छन्।
दसैंका लागि कीर्तिपुर नयाँबजारस्थित गेट नजिकैको फुटबल मैदानमा विभिन्न स्टल राखेर व्यापार हुने भएपछि आफूहरूलाई नोक्सान पुग्ने भन्दै कीर्तिपुरका व्यापारी आन्दोलित भएका हुन्।मेलामा उपभोग्य सामान सस्तोमा बेचिँदा ग्राहक त्यतै जाने भएपछि व्यापारीले मेला बन्द गर्न माग गरेका हुन्। स्थानीय व्यापारीले कीर्तिपुर नगरपालिकाको भवन घेराउ गर्दै नाराबाजी गरेका थिए। मेला बन्द नगरे स्टलहरू भत्काउने चेतावनी समेत दिएका छन्।मंगलबार पनि व्यवसायीले आन्दोलन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *