अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता भदौ २८ गते ।
काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ ।गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो । विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको स्रोतले अनलाईन न्युजपाटी बतायो ।महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । उनले अनलाईन न्युजपाटी भने, ‘हामीले उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइरहेका छौं ।’नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानी समातिएको उनले बताए । उनका अनुसार गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद भएको छ ।गुरुङ धादिङका वासिन्दा हुन् । उनले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।उनले प्रहरी अधिकृतलाई पनि धम्क्याउने गरेका थिए । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई हत्या गर्छु भनेर गुरूङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।गुरुङ गुन्डा नाइके समिरमान सिंह बस्न्यातको पनि सहयोगी हुन् । बस्न्यातको योजनामा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या भएको थियो ।हाल उनी केन्द्रीय कारागार सुन्धारामा छन् ।