भन्सार छली ल्याएको ५५ थान मोबाइल बरामद

अनलाईन न्युजपाटी, काठमाडौँ  ,समाचारदाता ,असोज ६ गते ।  

भारतबाट भन्सार छली ल्याएको ५५ थान मोबाइल प्रहरीले बरामद गरेको छ । महिन्द्राको गाडीमा फल्सबटम बनाई अवैध रुपमा राजधानी भित्र्याउन लागेको मोबाइल प्रहरीले बरामद गरेको हो ।आइतवार राति थानकोट बलम्बुबाट काठमाडौँतर्फ आइरहेको बि एल १२ सि ए १४५८ नम्बरको भारतीय गाडीमा राजस्व छलेर ल्याएको ५५ थान मोबाइल बरामद गरिएको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख शंकर खड्काले जानकारी दिए । प्रमुख खड्काका अनुसार मोबाइलसँगै २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिपक महाजान र मोहम्मद चाद रहेका छन् । बरामद मोबाइलहरु आइफोन, सामसुङ, एमआइ, हुवावे लगायत कम्पनीका रहेका छन् । जसको अनुमानित बजार मूल्य १३ लाखभन्दा बढी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय ललितपुर पठाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *