अबैध घरेलु ८ हजार लिटर मदिरा पोखराबाट नियन्त्रण

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता असोज २८ गते।

कास्की प्रहरीले पोखराका बिभिन्न स्थानबाट झन्डै ८ हजार लिटर मदिरा नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका काहुँडाडा, कसेरी, काजिपोखरी र रानौपौवा लगायतका क्षेत्रहरुमा अबैध रुपमा उत्पादन तथा बिक्रि बितरण भैरहेको २ सय लिटर मदिरा र कच्चा पदार्थ १ हजार १ सय लिटर हालसालै बरामद गरिएको प्रहरीले जनाएको  छ । वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले बिभिन्न व्यक्तिहरुको घर/ पसलबाट उक्त परिमाणको  तयारी मदिरा  र कच्चा पदार्थ बरामद गरी  मदिरा उत्पादन तथा बेचबिखन गर्ने व्यक्तिहरुलाई कारवाहीको लागी आन्तरीक राजश्व कार्यालय कास्कीमा पठाइएको प्रहरी निरीक्षक नरहरि अधिकारीले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।

त्यसैगरी कास्की प्रहरीले  साउन र भदौ  महिनामा गरि १६ के.जि. मादक पदार्थ तयार गर्ने  ‘मर्चा’   को साथमा ८ सय  लिटर रक्सी र ५ हजार ७ सय ६० लिटर कच्चा पदार्थ बरामद गरेको उनले अनलाईन न्युजपाटीलाई जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *