बमकाण्डका आरोपी रौतहट का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता असोज २८ गते।

अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप गरेको छ ।अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो ।१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आसोज २६ गते प्रहरीले उनलाई इद्रिस गेटनजिकैबाट प्रहरीले पक्राउ गरेको थियो ।निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत ल्याइएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताएका थिए ।अदालत परिसरबाट बाहिरिँदै गर्दा उनले घटनाको दूधको दूध र पानीको पानी चाँडै छुट्टिने प्रतिक्रिया दिए । आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि थप कुरा गर्नेउनले बताए ।म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पुर्‍याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *