अनलाईन न्युजपाटी,हेटौंडा,समाचारदाता,कार्तिक ९ गते।
मकवानपुर प्रहरीले लुकाई छिपाई राखेको अवैध चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरीले टोलीले बिशेष सूचनाको आधारमा हेटौंडा २ निवासी ओमप्रकाश साहलाई ७ किलो चाँदीसहित पक्राउ गरेको छ। साहको घरमा खानतलासी गर्दा भन्सार छली चोरी पैठारी गरी ल्याएको चाँदीका विभिन्न गरगहनासहित ४३ वर्षीय साहलाई पक्राउ गरेको जनाइएको छ। प्रहरीले उनको घरबाट पाउजु ३१ जोर, चाँदीको सिन्दुर बट्टा १६ वटा, सानो सिन्दुर बट्टा २९ वटा, बाला ४१ जोर, चाभी रिङ ४३ वटा, मूर्ती ६ वटा, सानो ठूलो सिक्का ७३ वटा, पुरानो ठूलो सिक्का १४७ वटा र पुरानो बटम ८ वटा गरी जम्मा ७ किलो ८१९ ग्राम चाँदी बरामद गरेको जनाएको छ। चाँदी सहित साहलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विरगंज पर्सा पठाएको प्रहरीले जनाएको छ।