अनलाईन न्युजपाटी,बुटवल,समाचारदाता,कार्तिक २५ गते।
लुम्विनी मेडिकल कलेज पाल्पा प्रभास अस्पतालको लापर्वाहीका कारण गुल्मी तम्घासकी १७ वर्षीया किशोरीको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर ८ तम्घास खानीगाउँ थुम्काकी १७ वर्षीया लक्ष्मी रसाईली को अस्पतालको लापर्वाहीका कारण ज्यान गएको हो । शनिबार साँझ बिरामी परेर आमा रेश्मा विकले प्रभास अस्पतालमा लिएर गएको भोलिपल्ट चिकित्सकहरुले एपेन्डिस भएको भन्दै अप्रेशन गरेका थिए । अप्रेशन गर्नुअघि घरमा रहेका बाबु टिका विश्वकर्मासँग राम्रै कुराकानी गरेकी थिइन् । लक्ष्मीले गाडीमा वान्ता समेत गरेपछि आमाले उनलाई सम्हालेकी थिइन् । लक्ष्मीको परिवारले अस्पतालको लापर्वाहीका कारण ज्यान गएको आरोप लगाएका छन् ।