तीन वर्षअघि प्रतिबन्ध लगाएका भारतका नोटहरू नेपालबाट फिर्ता लिन नेपालले गरेको आग्रहहरू विफल

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २५ गते।

भारतले तीन वर्षअघि प्रतिबन्ध लगाएका उसका नोटहरू नेपालबाट फिर्ता लिन नेपालले गरेको आग्रहहरू विफल हुँदै आएको छ।नेपाल राष्ट्र ब्याङ्कमा प्रतिबन्धित ५०० र १००० का पाँच करोड भारतीय रुपैयाँ रहेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताएका छन्।सर्वसाधारणले पनि आफूसँग रहेका त्यस्ता नोट साट्न पाइन्छ भन्ने आशा त्याग्न नसकेको बताउने गरेका छन्।तर पूर्व डेपुटी गभर्नर कृष्ण मानन्धरले भारतले आफ्ना प्रतिबन्धित नोट फिर्ता लिने सम्भावना अब शून्यमा पुगेको बताउँछन्।उनी भन्छन्: “भारतका लागि त्यो ठूलो रकम होइन। तर पनि नेपालले बारम्बार आग्रह गर्दा त्यसलाई हेरौँला, छलफल गरौँला भन्नुले फिर्ता लिन नचाहेको देखिन्छ।”नेपाल र भुटानमा भारतीय नोट सजिलै प्रयोग गर्ने गरिन्छ। भुटानमा भएका आफ्ना नोट भारतले फिर्ता लिइसकेको छ।२०५१ सालअघि नेपालमा एक सय भारतीय रूपैयाँभन्दा ठूला भारु नचल्ने भएपनि अनौपचारिक रूपबाट यहाँ आएका पाँच सय रूपैयाँका झण्डै २८/२९ करोड भारू लगिदिएको थियो।तर यतिखेर नेपालमा औपचारिक रूपबाटै ल्याइएका पैसा भए पनि नेपालबाट ती नोट फिर्ता नलिनुले भारतीय नियत प्रष्ट हुने कतिपयको बुझाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *