अनलाईन न्युजपाटी,नवलपुर,समाचारदाता, कार्तिक २९गते।
नवलपुरको गैडाकोट ३ हर्दीखोलामा बोलेरो जिप दुर्घटनामा परेको छ । हिजो साँझ भएको दुर्घटनामा १४ जना घाइते भएका छन् । हर्दी पुलबाट हर्दी गाँउ जादै गरेको बा ११ च ७०८३ नम्वरको बोलेरो दुर्घटनामा परेको हो ।दुर्घटनाको खबर थाहा पाएपछि गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आफै एम्बुलेन्स लगेर घाइतेको उद्धार गरी चितवन मेडिकल कलेज ल्याएका थिए । पौडेलले घाइते ल्याउँदा लागेको एम्बुलेन्स खर्च र उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताए । घाइते मध्य ७ जनाको अवस्था सामान्य र ७ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।