क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै रकम असुली गर्न खोज्ने एकजना पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, मंसिर १२ गते।

क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै रकम असुली गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-५ का २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदी रहेका छन् ।चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ बस्ने अनन्त खतिवडालाई डर-धम्की देखाइ रकम माग्ने गरेको पर्सा प्रहरीले जनाएको छ ।चतुर्वेदीले डर धम्की देखाइ रकम माग्ने गरेको उजुरी खतिवडाले गरेपछि उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चतुर्वेदीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।दिव्य प्रकाश ०७५ चैत ३० गते हातहतियार तथा खरखजना मुद्धामा दोषी ठहर भई पर्सा जिल्ला अदालतको आदेशले एक लाख धरौटी तिरेर छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *