आफ्नै नातिनी बलात्कार गर्ने हजुरबुवा पक्राउ

अनलाईन न्युजपाटी,ओखल्ढुङ्गा,समाचारदाता, मंसिर १६ गते।

बलात्कारका घटना जसरी सार्वजनिक भईरहेका छन् त्यसले समाज कतातिर जाँदैछ भन्ने गम्भीर प्रश्न उठाउँने गरेको छ । प्राय बलात्कारका घटना आफन्त र चिनजानकै मानिसहरुबाट भईरहेको घटना आईरहेका छन् ।यसबीच ओखलढुंगामा आफ्नै नातिनी बलात्कार गर्ने हजुरबुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोलुङ गाउँपालिकाका ५८ वर्षीय वृद्ध रहेका छन् ।उनले आफनै १५ बर्षीया नातिनीको बलात्कार गर्दै आईरहेका थिए । आफनै हजुरबुवाबाट बलात्कृत नातिनीको पेटमा गर्भ समेत रहेको छ । पेट बढेसंगै आफन्तले सोधपुछ गर्दा हजुरबुवाको कुकृत सार्वजनिक भएको हो ।नातिनीले घरमा कोही नभएको बेला हजुरबुवाले बलात्कार गरेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । घटनापछि प्रहरीले वृद्धलाई पक्राउ गरेको छ। सुस्तमनस्थितीकीनातिनीको गर्भमा २३ हप्ताको गर्भ रहेको गर्भपतन गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *