सिरहाको छुट्टाछुट्टै ठाउँबाट भन्सार छलीका करिब २ लाख ३७ हजार ५ सय बराबरको सामान बरामद

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर १९ गते।

सिरहाको छुट्टाछुट्टै ठाउँबाट भन्सार छलीका करिब २ लाख ३७ हजार ५ सय बराबरको सामान बरामद भएको छ । सिरहाको भगवानपुर गाउँपालिका–३ भगवतीपुर चौकमा अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो ।उक्त प्रहरीको टोलीले बुधवार चेकजाँच गर्ने क्रममा करिब २ लाखको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतबाट भन्सार छली गरी ल्याउदै गरेको उक्त कपडा प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालय ठाडी सिरहामा बुझाएको छ ।त्यसैगरी सिरहाको सिरहा नगरपालिका–१७ स्थितमा इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा बुधबार भारतबाट भन्सार छली गरी ल्याउदै गरेको कपडा अन्दाजी मुल्य ५ हजारको बरामद गरेको छ ।नेपालबाट भारत तर्फ लैजादै गरेको तेजपत्ता ३० किलो र साईकल थान १ अन्दाजी २५ सय गरी जम्मा अन्दाजी ७ हजार ५ सय बराबरको समान बरामद गरेको हो ।उक्त सामान नियन्त्रणमा लिई भन्सार कार्यालय माडर सिरहामा बुझाएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए ।त्यसैगरी सिरहाको बरियापट्टी गाउँपालिका– ३ दुर्गा मन्दिर स्थितमा करिब ३० हजारको किराना सामान बरामद भएको छ ।इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले बुधबार चेकजाँच गर्ने क्रममा उक्त समान बरामद गरेको प्रहरी उपरीक्षक चर्तुवेदीले बताए ।भारतबाट भन्सार छली गरी ल्याउदै गरेको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय माडर सिरहामा बुझाएको सिरहा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *