पूर्वाञ्चल विश्विद्यालयको परीक्षा नियन्त्रण कार्यालय घेराउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, मंसिर १९ गते।

उत्तरपुस्तिका पुनः जाँच गर्न माग गर्दै विद्यार्थीहरूले पूर्वाञ्चल विश्विद्यालयको परीक्षा नियन्त्रण कार्यालय घेराउ गरेका छन् ।पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको इष्टर्न इन्जिनियरिङ र आंगिक पुसेट कलेजका विद्यार्थीहरूले विराटनगरको शनिहाटस्थित परीक्षा नियन्त्रण कार्यालय आज बिहीबार घेराउ गरेका हुन् । पटक–पटक परीक्षा दिँदा पनि फेल हुने गरेकोले विद्यार्थीहरूले उत्तरपुस्तिका माग गरेर हेर्दा फेल हुने अवस्था नदेखिएको भन्दै उत्तरपुस्तिका पुनः जाँच गर्न माग गरिरहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *