कोहलपुरमा कर्फ्यू आदेश जारी

अनलाईन न्युजपाटी,कोहलपुर,समाचारदाता, मंसिर २२ गते।

त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत सात वर्षीया बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ ।निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायकका अनुसार केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो । उपाध्यायका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *