अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर २२ गते।
मुग्लिङको पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक युवतीलाई स्थानीय युवकले बचाएका छन् । आइतबार अपरान्ह २ बजे आत्महत्या गर्ने मनसायले मुग्लिनको पुलबाट त्रिशुली नदीमा हाम फालेकी गोरखा पालुङटारकी २६ वर्षीय सुस्मिता शर्मा (नाम परिवर्तन) लाई स्थानीय होटलमा काम गर्ने एक युवकले पौडिएर बचाएका हुन् । मुग्लिङको पुरानो मस्र्याङ्दी फ्रेस फिस रेष्टुरेण्टमा काम गर्ने निलकण्ठ नगरपालिका १ हिलेखर्क धादिङका २० वर्षीय सन्तोष गुरुङले महिला बग्दै गरेको देखेपछि नदीमा पौडिएर उद्धार गरेका हुन् ।