२६ बर्षिय युवाको हत्या गरि खाड्लमा पुर्ने ४ जना पक्राउ

अनलाईन न्युजपाटी,भरतपुर,समाचारदाता, मंसिर २२ गते।

भरतपुर महानगरपालिका वडा नम्बर -२७ मा २६ बर्षिय युवाको हत्या गरि खाड्लमा पुर्ने ४ जनालाई चितवन प्रहरीले सार्वजनिक गरेको छ ।भरतपुर २७ पर्साढापका २७ बर्षिय अविनाश महतोको हत्या गरि खाडलमा पुरेको अभियोगमा सोहि स्थानमा ४ जनालाई सार्वजनिक गरेको हो । हत्याको अरोपमा प्रहरीले भरतपुर २७ पुरानो पटेहनीका २६ वर्षीय दिपेन्द्र महतो, २७ वर्षीय कुमार महतो, २५ वर्षीय बिनोद कुमार महतो र २० वर्षीय बिजय महतोलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई आईतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यलय चितवनकाले दिएको जानकारी अनुसार गत मंसिर १२ गते राति करिब १० बजेको समयमा महतोको हत्या भएको थियो ।अफन्त एक युवतीसँग अनैतिक अबस्थामा देखेको भन्दै हत्या गरेको पक्राउ परेकाले स्विकार गरेको प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । प्रहरीले पक्राउ गरेको पाँचै जनालाई ५ दिनको म्याद थपि गरि अनुसन्धान गरिरहेको छ ।हत्या १२ गते भएको भएपनि १३ गते महतो हराएको सुचना प्रहरीलाई आएको प्रहरी प्रवक्ता एकनारायण कोईरालाले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *