अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, मंसिर २२ गते।
कैलालीमा फेरी ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले अस्थायी प्रहरी पोष्ट चटकपुरबाट असई गजेन्द्र चन्दको नेतृत्वमा रहेको प्रहरी टोलीले धनगढी ३ मा रहेको भद्रकाली अटोमोबाईल्सका संचालन २५ बर्षिय अनिल विष्ट सहित ३ जना पक्राउ गरेको बताए ।उनले पक्राउ परेकाहरुको साथबाट ३ पोका ब्राउन सुगर समेत फेला पारेको जानकारी दिए । अनिलले भारतीय बजारबाट ब्राउन सुगर खरिद गरेर नेपालमा ल्याई आफ्नै पसलबाट सानो पोका बनाएर विक्री गर्ने गरेको जानकारी आएपछि प्रहरीले निगरानी बढाएको डिएसपी बस्नेतले बताए ।अनिलसंगै पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका १३ का २३ बर्षियशुशिल थापा र वडा नम्बर २ रामजानकी टोल बस्ने २७ बर्षिय गोविन्द विष्ट रहेको डिएसपी बस्नेतले जानकारी दिए ।अनिल आफैले संचालन गरेको अटोमोबाईल्स उनले पक्राउ परेकाहरुलाई लागु औषध ओसारपसारमा मुद्दा चलाईने बताए ।