अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर २२ गते।
सिरहामा जबरजस्ती करणी गरेको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरिएको छ । सिरहा नगरपालिका ६ बसबिट्टा बस्ने वर्ष २८ को दिपेन्द्र महरालाई पक्राउ गरिएको हो ।आइतबार दिउँसो १२ बजेको समयमा वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले फरार प्रतिवादी महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।प्रहरीले महरालाई घरमा लुकि छिपि बसेको अवस्थामा पक्राउ गरिएको थियो ।