तुलसीपुरमा ट्याक्टरले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु

अनलाईन न्युजपाटी,दाङ्ग,समाचारदाता, पौष ३ गते।  

दाङको तुलसीपुरमा ट्याक्टरले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएकी छन्। तुलसीपुर सल्यान रोड सडक खण्ड अन्र्तगत गोदामघर नजिकै ट्याक्टरले आज बिहान ठक्कर दिँदा तुलसीपुर ७ शिवनगर निवासी बेदबहादुर केसीका छोरी १३ वर्षीया विजिता केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।  ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको प्रहरीले जनाएको छ। त्यस्तै सोहि ठाउँ निवासी उमा वलीको छोरी १४ वर्षीया मनिषा वली घाइते भएकी छिन्। उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।   उनीहरु दुवै जना तुलसी आवासिय माध्यामिक विद्यालय तुलसीपुरमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइको छ।  विद्यालय जानका लागि सडक छेउमै उभिएका उनीहरुलाई उत्तर तर्फबाट तुलसीपुर बजार तर्फ आउँदै गरेको ट्याक्टरले ठक्कर दिएको प्रहरीको भनाइ छ। ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ट्याक्टरको अगाडीको टायर अचानक पञ्चर हुँदा सडकको छेउमा उभिएका बालिकालाई ठक्कर दिन पुगेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *