बालुवा चोरी गर्न प्रयोग गरेको सवारी साधन प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष ६ गते

महानगरीय प्रहरी वृत्त थिमिले बालुवा चोरी गर्न प्रयोग गरेको सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।  शुक्रबार मध्यपुर थिमि नगरपालिका वडा नं. ८ स्थित मनोहरा खोलाको बालुवा मिनिट्रक हालेर चोरी तस्करी गर्दै गरेको अवस्थामा प्रहरी उक्त स्थानमा पुगेको थियो । प्रहरील बा. ४ ख ३४३७,  बा. ४ ख २३१६,  बा. २ ख ४४१६, र प्रदेश नं.३–००१–००५ ख ९२५१को मिनिट्रक नियन्त्रणमा लिएका वृत्तका प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।  बालुवा चोरी निकासी भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी खोलामा पुगेको थियो । बालुवा निकालेर गाडीमा राख्दै गरेको अवस्थामा नियन्त्रणमा लिइ कार्यालयमा ल्याउने प्रयास गर्दा चालकहरुले विवाद गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीसँग वादविवाद गरि गाडी छोडी चालक फरार भएकोले चारवटै गाडी प्रहरीले नियन्त्रणमा लिएर कार्यालय थिमिमा ल्याई अनुसन्धान भइरहको डिएसपी कोइरालाले बताएका छन् ।  फरार सवारी चालकविरुद्ध अभद्र व्यवहारमा मुद्धा दर्ता गरि कानुनी कार्वाही गरिने तथा चोरी तस्करी गरेकोमा सम्बन्धित नगरपालिकामा जरिवानाको लागि पठाइने प्रहरीले जानकारी दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *