अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, पौष ७ गते।
पर्सामा सशस्त्र प्रहरीले २१ किलो चरेश बरामद गरेको छ।पर्साको धोबिनी गाउँपालिका– ५ स्थित बैरिया खोलाबाट २१ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।भिस्वाबाट सशस्त्र प्रहरीका निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले चरेश बरामद गरेको हो। विशेष सूचना पछि सशस्त्रको टोली राती १२ बजे नै सम्भावित क्षेत्रमा लुकेर बसेको थियो। चरेश बोकेका तस्कर प्रहरी देख्नासाथै साथमा रहेको चरेश छाडेर भागेका थिए। उनीहरूको खोजी भइरहेको छ।चरेश आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।