लगातारको शीतलहरका कारण पर्सा-बाराका विद्यालयमा बिदा

अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, पौष ७ गते।

शीतलहरका कारण तराईमधेसको जनजीवन प्रभावित भएसँगै पर्सा-बाराका विद्यालयमा बिदा दिन थालिएको छ । एक सातादेखि लगातार चिसो बढेर शीतलहर चल्न थालेपछि जिल्लाका स्थानीय तहहरुले धमाधम पालिका मातहतका विद्यालयमा बिदा दिन थालेका हुन् ।चिसो बढ्दै गएर विद्यार्थी तथा शिक्षकहरुलाई पठनपाठनमा समस्या भएकोले विद्यालय बन्द गरिएको स्थानीय सरकारको तर्क छ । शीतलहर चलेपछि अत्याधिक चिसो हुने हुँदा कमै मात्र बालबालिका विद्यालय आउँछन् । पर्सा-बाराका विद्यालयमा चिसोबाट बच्नका लागि कुनै व्यवस्था गरिएका छैनन् । १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा ४ वटा स्थानीय तह अत्याधिक चिसोका कारण विद्यालयमा बिदा दिइएको सूचना सार्वजनिक गरेका छन् । चिसोले पठन पाठन प्रभावित भएपछि वीरगञ्ज महानगरपालिकाका विद्यालय १० दिनका लागि बन्द गरिएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पुस ७ गतेदेखि नै विद्यालय बन्द गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *