सूर्य ग्रहणका दिन सार्वजनिक बिदा दिन दक्षिण एसियाली ज्योतिष महासंघको सरकारसंग आग्रह

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष ७ गते।

सूर्य ग्रहणका दिन सार्वजनिक बिदा दिन दक्षिण एसियाली ज्योतिष महासंघले सरकारसंग आग्रह गरेको छ ।शास्त्रीय नियम अनुसार र वैज्ञानिकहरुको सुझावअनुसार ग्रहणको समयमा बाहिर जान हानिकारक हुने बताइएको छ । अफिस र बिद्यालयको समय परेकाले दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालले आग्रह गरेको हो ।९ गते साझ ८:४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई भोजन निषेध रहेकाले सबै धर्म र सम्पदायले ग्रहण मान्ने हुनाले बिदा दिन सरकारसंग आग्रह गरेको दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव सुरेश चन्द्र रिजालले जानकारी दिएका छन् ।बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अबस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ । उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । करिब छ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *