भालुको आक्रमणबाट एक जना महिला घाइते

अनलाईन न्युजपाटी,बझांग,समाचारदाता, पौष ८  गते।

भालुको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् ।जिल्लाको जय पृथ्वीनगरपालिका वडा नम्वर ७ सुवेडा बस्ने ५० बर्षिया सितादेखी रोकायालाई भालुले आक्रमण गरेको हो ।भालुको आक्रमण बाट सितादेवी रोकाया गम्भिर घाइते भएकी हुन् । घर नजिकै कामगरि रहृका अबस्थामा एक्कासी भालुले आक्रमण गरी सत्त घाइते बनाएको स्थानिय हिक्मत महरले जानकारी दिनु भएको छ ।भालुको आक्रमण गर्दा घाइते रोकायाको टाउको, छातीमा गम्भिर चोट लागेको जिल्ला अस्पताल बझाङका प्रमुख डा. मिलन खड्काले जानकारी दिनु भएको छ । जिल्ला अस्पताल चैनपुरमा भालुको आक्रमण बाट घाइते भएकी स्थानिय सितादेवी रोकाको उपचार सम्भवन भएपछी उनलाई थप उपचार लागी नेपालञ्ज रिफर गरिएको छ ।यस अघाडी पनी भालुले जय पृथ्वी नगरपालिका वडा न. ७ छयाला मा ७ वटा गाईलाई मारेको थियो । भालुले बस्तिमा नै आएर आक्रमणगर्न थालेपछी स्थानिय त्रसित भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *