अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, पौष ९ गते।
कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ । जिल्लाको गोदावरी नगरपालीका १२ स्थित रातापानी सामुदायिक बन भित्र रुखमै सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायवउपरिक्षक दक्ष कुमार बस्नेतका अनुसार अन्दाजी ४० /४५ बर्षका पुरुषको जङगल भित्र झुण्डिएको अवस्थामा फेला पारेको बताए ।उनको पहिचान हुन नसकेको र उक्त लास सेती प्रादेशिक अस्पताल धनगढीको लास घरमा राखिएको प्रहरी जनाएको छ ।