सेनाका भगौडा कटुवा पेस्तोलसहित काठमाडौंबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष ९  गते।

सेनाका भगौडालाई प्रहरीले कटुवा पेस्तोलसहित काठमाडौंबाट पक्राउ गरेको छ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ३५ वर्षीय रोशन बर्देवालाई मंगलबार काठमाडौं चुनिखेलबाट पक्राउ गरेको हो।महाशाखाका अनुसार बर्देवा रामेछाप मन्थली नगरपालिका-१३ का हुन्। उनी काठमाडौंमा अस्थायी रूपमा बसोबास गर्थे। महाशाखाको टोलीले बर्देवालाई उनको डेराबाट नै पक्राउ गरेको हो। बर्देवा सेनाको भगौडा सिपाही रहेको खुलेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। उनीमाथि अनुसन्धान थालिएको थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *