अवैध रूपमा वन्यजन्तुको अंग तस्करी गर्ने ७ जना हतियारसहित पक्राउ

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष १०  गते।

जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीनन्दा नगरपालिका-८ स्थित शिल्पे लेकमा अवैध रूपमा वन्यजन्तुको अंग तस्करी गर्ने ७ जनालाई हतियारसहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बुढीनन्दा ८ गोठीका आइते बोहरा, बल बहादुर बोहरा, मनिचन्द्र बोहरा, कविन्द्र बोहरा, दल कामी, पृथ्वी बोहरा र बुढीनन्दा १० पिरकोटका पृथ्वी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धव सिंह भाटले जानकारी दिए । उनीहरूबाट ४ थान भरुवा बन्दुक बरामद भएको छ । पक्राउ परेकाहरूबाट ५ थान वन्यजन्तुको छाला समेत प्रहरीले बरामद गरेको छ । उनीहरूबाट थारको छाला,रतुवाको र घोरलको छाला समेत प्रहरीले बरामद गरेको हो ।“मुलुकी अपराध संहिता ऐन २०७४” को दफा १३२ बमोजिम “हातहतियार खरखजना सम्बन्धी कसुर”मा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *