४ लाख अवैध नेपाली नोटसहित दुई भारतीय र एक व्यापारी वीरगन्जमा पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, पौष १०  गते।

स्रोत नखुलेको ४ लाख अवैध नेपाली नोटसहित दुई भारतीय र एक व्यापारी वीरगन्जमा पक्राउ परेका छन्। प्रहरीले पक्राउ गरेका मध्ये एक १८ वर्षीया भारतीय महिला पनि छन्। नेपाली नम्बर प्लेट भएको ना. २९ प ८५९५ नम्बरको मोटरसाइकल चढी भारतबाट स्रोत नखुलेको नेपाली रुपैयाँ लिएर नेपाल आउँदै गरेको समयमा वीरगन्जको रजत जयन्ती चोक छेउमा दुईजना पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ पर्ने यी दुवैजना भारतको पूर्वी चम्पारण मोतीहारी रक्सौल-१० र वडा नम्बर ४ का ४४ वर्षीय सुशीलकुमार शर्मा र १८ वर्षीया सरोजनी कुमारी रहेको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले बताए। उनीहरूले स्रोत नखुलेको रकम वीरगन्ज आदर्शनगरका आकृति कस्मेटिक पसलका साहु राजु अग्रवाललाई दिन हिँडेको भनी बताएपछि निगरानी राख्दा अग्रवाल पनि पसल बाहिर यताउता गरी कसैलाई कुर्दै गरेको जस्तो अवस्थामा पक्राउ परेको उनको भनाइ छ। ‘स्रोत नखुलेको नेपाली नोटसहित पक्राउ परेका मानिसहरू हुण्डी कारोवारी रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ’ उनले भने। थप अनुसन्धान हुँदै गरेको प्रहरी नायव उपरीक्षक शाहीले बताए।
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *