अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १० गते।
महानगरीय प्रहरी वृत्त स्वयम्भूले भन्सार छलेर ल्याएका करिब ५५ लाख रुपैयाँ बराबर फोन र आइप्याडसहित दुई जनालाई पक्राउ गरेको छ।प्रहरीले बुधबार राति काठमाडौं महानगरपालिका-२५ टंगालबाट गुहेश्वरी बस्ने २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।हरिबहादुर श्रेष्ठको घर खानतलासी २३ थान आइप्याड, १८ वटा आइफोन-११ थान, एप्पल वाच ९ थान, एयरफोन ६ थान, एप्पल पेन्सिल १ थान, म्याजिक १ थान, सामसङ मोबाइल १५ थान, क्यामरा १ थान बरामद भएको छ।श्रेष्ठको घरका दुई वटा कोठाबाट नगद १५ लाख ७७ हजार, एमएमबी बैंकको ५ लाख ७३ हजारको चेक बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बरामद भएका सामानहरूबारे बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।