उखुको भुक्तानी माग गर्दै किसान द्धारा काठमाडौंमा प्रदर्शन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १३  गते।

बक्यौता रकम माग गर्दै उखु किसानहरुले काठमाडौंको केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुले शनिबार माइतीघर मण्डलामा धर्ना दिएका छन् ।उखु किसानका अगुवा हरेश्याम रायले भने, ‘जबसम्म हामीले बक्यौता रकम पाउँदैनौं, तबसम्म हामी यहाँबाट फर्किँदैनौं ।’ उनका अनुसार सरकारले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा काटेर ४३५ रुपैयाँ प्रतिकिलोको मात्रै चिट दिने गरेका छन् ।`उखु किसानहरुले २०७० देखिकै रकम चिनी मिलहरुले नदिएको बताउँछन् । उखु किसानका अगुवा रायका अनुसार हालसम्म ५० करोड बक्यौता रकम छ । महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *