लतिलपुरको सानेपामा भीषण आगलागी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १३  गते।

लतिलपुरको सानेपामा भीषण आगलागी भएको छ । कवाडी सामान राख्ने ठाउँमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।यद्यपि, के कारणले आगलागी भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको पसलमा गएराति ८ बजे आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ ।आगाे फैलिएपछि नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइएका थिए । करिब १ घण्टापछि आगाे नियन्त्रणमा आएको सानेपा प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *