अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, पौष १२ गते।
जिहादी समूह इस्लामिक स्टेट ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको छ।हत्यालाई पुष्टि गर्नेगरी सो समूहले बिहीबार एउटा भिडियो सार्वजनिक गरेको छ।आईएसले त्यसलाई अक्टोबरमा सिरियामा भएको आफ्ना नेता र प्रवक्ता मारिएको घटनाको बदला अभियानको एउटा घटना भएको बताएको छ। भिडिओमा देखाइएका पीडितहरूबारे विस्तृत जानकारी दिइएको छैन। उनीहरू नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको जनाएको छ।