लागु औषधसहित सर्लाही लालबन्दी नगरपालिका १ का २६ वर्षीय धर्मेन्द्रकुमार कुशवाहा पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १५ गते।

मध्यपुर थिमि १ लोकल्थलीबाट प्रहरीले अवैध लागु औषधसहित सर्लाही लालबन्दी नगरपालिका १ का २६ वर्षीय धर्मेन्द्रकुमार कुशवाहालाई पक्राउ गरेको छ। कुशवाहाको डेरामा लागु औषध लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उनको कोठामा छापामारी अवैध लागु औषधसहित पक्राउ गरिएको हो। प्रहरीले कुशवाहाको कोठाबाट एक पत्तामा १५ वटा ट्याव्लेट भएको लागुऔषध नाइट्राभेट १० लेखिएको १३५ पत्ता बरामद गरेको छ। पक्राउ परेका कुशवाहालाई महानगरीय प्रहरी वृत्त थिमीमा राखी जिल्ला अदालत भक्तपुरबाट लागुऔषधसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *