नेपाली सेनाका मेजर अजित सिंह ब्राउन सुगरसहित पक्राउ

अनलाईन न्युजपाटी, काठमाडौँ  समाचारदाता, साउन २५।

नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् ।इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना छेऊबाट सिंहलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले उनलाई शनिबार पक्राउ गरेको थियो ।प्रहरी स्रोतका अनुसार उनको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ ।

इटहरीका डीएसपी समिरचन्द्र खरेलले सिंहलाई पक्राउ गरिएको पुष्टि गरे पनि उनी सैनिक अधिकृत हुन्/होइनन् भन्नेबारे छानविन भइरहेको अनलाईन न्युजपाटी लाई बताए ।

सैनिक स्रोतले मेजर सिंह साँझ ६ बजे पृतनाबाट बाहिर निस्किएको पुष्टि गरेको छ । स्रोतले भन्यो- ‘उहाँलाई पृतना बाहिर सर्पदंश केन्द्र छेउबाट प्रहरीले लगेको सूचना आएको छ ।’

घटनाबारे जानकारी प्राप्त भएलगत्तै सैनिक प्रहरीको टोली नेपाल प्रहरीसँग समन्वयका लागि निस्किएको स्रोतले बतायो ।प्रहरीले पनि अनुसन्धान जारी राखिएको जनाएको छ ।प्रहरी स्रोत भन्छ, ‘आइतबार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने छौं ।’ सामान्य प्रकृतिको मुद्दा भएका भए प्रहरीले सैनिक प्रहरीलाई जिम्मा लाउँथ्यो र सैनिक अदालतबाट आउने आदेश अनुरुप कारबाही हुन्थ्यो ।

सैनिक ऐन, २०६३ को दफा ७८ मा उल्लेखित ‘प्रोभोष्ट मार्सल’को व्यवस्थाले सैनिक प्रहरीलाई अधिकृतमाथि अनुसन्धान गर्ने अधिकार दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *