सुध्रिएन नसिव तामाङ, जेल काटेर पुनः कल बाईपासको कार्यमा

अनलाईन न्युजपाटी काठमाडौं समाचारदाता, साउन २६।

(सीआईबी) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चितवनको भरतपुर–१८ घर भएका ३६ वर्षीय नसिव तामाङ छन् । ब्युरोका SP दिपक रेग्मीका अनुसार उनलाई विशेष सुचनाको आधारमा काठमाडौंको बालुवाटारमा रहेको कोठाबाट पक्राउ गरिएको हो ।तामाङको साथबाट ३२ पोर्टको जीओआईपी गेटवे दुई वटा, ल्यापटप, राउटर, मोबाइल, १० वटा एनटीसी र २० वटा एनसेलको सिम कार्ड लगायत बरामद भएको छ ।

SP रेग्मीका अनुसार तामाङ यसअघि १९ जेठ ०७२ मा पनि अवैध भीओआईपी उपकरणसहित धापासीबाट पक्राउ परेका थिए । एक वर्ष कैद सजाय भुक्तान पश्चात छुटेका उनले पुनः अवैध काम थालेका थिए ।‘छिटो आम्दानी हुने बाटो हेरेरै पुनः पुरानै धन्दा चलाएको देखिन्छ’, एसपी रेग्मी भन्छन्, ‘उनले विदेशी कल क्यारियरसँग समन्वय गर्ने गरेको खुलेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *