मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

अनलाईन न्युजपाटी काठमाडौं समाचारदाता, साउन २६।

सत्ता तथा व्यवस्था बदनाम हुँदै गएकोले यो अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने ठहर गर्दै उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीको तर्क छ ।

मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्किारी माओवादी)ले आगामी उपनिर्वाचन सक्रियरुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।

महासचिव किरणको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा प्रदेशसभाका र स्थानीय तहका रिक्त रहेका ५० पदपूर्तिका लागि हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।यस्तै बैठकले भारतको संविधानमा धारा ३७० र ३५ (क) को व्यवस्था खारेज गरिएकोमा बिरोध गरेको छ । केही दिनअघि मात्रै भारतले उक्त धारा खारेज गरी काश्मीरको विशेष अधिकार खोसेको थियो भने लद्दाखलाई अलग गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *