१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तीर्थराज न्यौपाने पक्राउ

अनलाईन न्युजपाटी काठमाडौं समाचारदाता, साउन २६।

 नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आज म्याद थप गरी आवश्यक अनुसन्धान र कारवाही अगाडि बढाउने प्रहरीको भनाइ छ ।सूर्यविनायक नगरपालिका- १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले ५२ वर्षीय तीर्थराज न्यौपानेलाई आज पक्राउ गरेको हो ।छिमेकी नातिनी उमेरकी बालिकालाई पटक-पटक दुर्व्यबहार गरेको र पछि बलात्कार गरेको उजूरी परेपछि महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरी अनुसन्धान शुरु गरेको नायब उपरीक्षक शान्तिराम कोइरालाले जानकारी दिए । पीडित बालिकाको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *