अनलाईन न्युजपाटी,चितवन समाचारदाता , साउन ३१।
गत साउन २० गते आत्महत्या गरेका पत्रकार शालिग्राम पुडासैनीको भिडियो सार्वजनिक भएसँगै विवादमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन म्याद थप गरिएको छ । उनीहरूलाई शुक्रबार चितवन अदालतले थप अध्ययन गर्नका लागि म्याद थपेको प्रहरीले जानकारी दिएको हो ।
सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन र महानगरिय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पक्राउ गरी चितवन लगिएको थियो । उनीहरूलाई बिहीबारदेखि लागु हुने गरी म्याद थप गरेको हो ।