अनलाईन न्युजपाटी,जनकपुर समाचारदाता , साउन ३१।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट जबरजस्ती करणी मुद्दाका एक अभियुक्त फरार भएको छ । बिहीबार दिउँसै बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएको अभियुक्त फरार भएका हुन् ।फरार हुनेमा सिरहाका २० वर्षीय राममनी यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।जबरजस्ती करणी अभियोगमा पक्राउ परी अनुसन्धानको क्रममा जिल्ला प्रहरीको नियन्त्रणमा लिएको थियो ।
प्रहरीको रोहबरमा बयानका लागि अपराध अनुसन्धान शाखा लगिएको यादव मौका छोपी फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
फरार यादवको खोजी कार्य तीव्र पारिएको खनालले जानकारी दिए ।