गाउँपालिकाका अध्यक्ष भोला गुप्ताको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा एक जना पक्राउ

अनलाईन न्युजपाटी,विरगंज,समाचारदाता, मंसिर ७ गते।

बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।ना १ झ १६३१ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारको आरोपमा प्रहरीले प्रसौनी–५ का विकास कुमार मण्डललाई पक्राउ गरेको हो । उनलाई अभद्र व्यवहारको मुद्धा चलाइएको र फरार अन्य दुईजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा विकासले मादक पदार्थ सेवन गरेको पाइएको उनको भनाइ छ । बिहीबार बेलुका भएको ढुंगा प्रहारबाट गाडीको अगाडि र पछाडिको सीसा फुटेको छ ।गाउँपालिकाको बैठक सकेर उपाध्यक्ष गीता साहलाई पुर्‍याउन बेलहिया गएर फर्कने क्रममा वडा नं ५ डिटोल आइपुग्दा गाडीमा आक्रमण भएको अध्यक्ष गुप्ताले बताए ।‘मोटरसाइकलमा आएका उछृङ्खल व्यक्तिहरुले अचानक गाडीमा आक्रमण गरे’ उनले भने ‘चालक भाग्यनारायण साहले उनीहरुलाई लखेट्न सफल भएछन् ।’ सवारी चालक साहको हातको औलामा चोट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *