अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, पौष ६ गते
बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन् ।सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।पाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतमा पठाइएको उनले बताए ।