अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, पौष ६ गते
मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छन् । इन्डोनेसियाको पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुर्नामालाई उनकी २५ वर्षीयन श्रीमती इल्हाम चहयानीले जिउँदै जलाएकी हुन् । डेडी घरको छत मर्मत गरिरहेका बेलामा उनकी श्रीमती इल्हामले उनको मोबाइलको पासवर्ड मागेकी थिइन् । डेडीले पासवर्ड दिन नमानेपछि उनीहरू बीच झगडा सुरु भएको थियो । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिटसमेत गरेका थिए ।डेलीमेलका अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाएकी हुन् । घटनाको दुई दिनपछि डेडीको निधन भएको थियो । पूर्वी लम्बोर्क प्रहरीका अनुसार डेडीले आफ्नो मोबाइलको पासवर्ड नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याएर आगो लगाइ दिएकी हुन् ।उनका छिमेकि ओजिले घरबाट धुवा आएपछि आगो निभाउनका लागि सहयोग गर्न पुगेका थिए । त्यसपछि डेडीलाई केरुआक हेल्थ सेन्टर लगियो तर, दुई दिनपछि उनको निधन भएको थियो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ ।