भारतको राजधानी नयाँ दिल्लीमा सम्भावित आतंकवादी हमलालाई लिएर सुरक्षा व्यवस्था कडा

अनलाईन न्युजपाटी,असोज १६गते।

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा सम्भावित आतंकवादी हमलालाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको उच्च प्रहरी अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानमा आधारित जैस ए मोहम्मदले सहरमा घूसपैठ गरेको गुप्तचर निकायको जानकारी अनुसार दिल्लीका कतिपय स्थानमा स्पेसल सेलले छापा मार्ने काम समेत गरेको जनाइएको छ । देशका सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय  विमानस्थलमा सुरक्षा निकाय अलर्ट अवस्थामा राखिएको जनाइएको छ । जैस ए मोहम्मदका तीन देखि चार लडाकु छिरेको सूचना गुप्तचर निकायले सुरक्षा निकायलाई जानकारी गराएको बताइएको छ । केही अघि बालाकोटमा आतंकवादीले तालिम लिइरहेको कुरा पनि सञ्चार माध्यममा आएका थिए । भारतीय सेनाले दक्षिणी भारतमा आतंकवादी आक्रमणको सम्भावनाका बारेमा आफूले पनि जानकारी पाएको यसअघि जनाएको थियो । लस्करे तोइवाको घुसपैठ भएको भन्दै गएको अगस्ट महिनामा तमिलनाडुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *