चिलीको सैनिक विमान अन्टार्टिकामा बेपत्ता

अनलाईन न्युजपाटी, मंसिर २४ गते।

एजेन्सी:चिलीको सैनिक विमान अन्टार्टिकामा बेपत्ता भएको छ। बेपत्ता विमानमा ३८ जना सवार रहेको चिलीको वायुसेनाले जानकारी दिएको छ। पुन्टा अरेनसबाट उडेको सी–१३० हर्कुलस विमान दुई घण्टा ५५ मिनेटपछि सम्पर्कविहीन भएको हो। विमानमा चालकदलका १७ जना र २१ यात्रु सवार थिए। हराइरहेको विमान र यात्रुको खोजीकार्य जारी रहेको बताइएको छ। दुईवटा एफ–१६ लडाकु विमान र चारवटा जहाजहरुलाई हराइरहेको विमान खोजीका लागि परिचालन गरिएको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *