भाजपा नेत्री एवम् भूतपूर्व भारतीय विदेशमन्त्रीको सुषमा स्वराज निधन

एजेन्सी साउन २२ ।

पच्चीस वर्षको उमेरदेखि राजनीतिक यात्रा थालेकी स्वराजका राजनीतिक गुरु चाहिँ वरिष्ठ भाजपा नेता लालकृष्ण आडवाणी थिए। भारतकी भूतपूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ। उनी ६७ वर्षकी थिइन्।

उनलाई मङ्गलवार साँझ दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो।

स्वराजको निधन कार्डिएक अरेस्टका कारण भएको बताइएको छ। उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसै कारण मुटुको धड्कनको तालमेल बिग्रिने चिकित्सकहरू बताउँछन्।

उनको अन्तिम संस्कार बुधवार बेलुका ३:०० दिल्लीमा राजकीय सम्मानका साथ हुने कार्यक्रम छ। गत वर्ष उनले सन् २०१९ को चुनाव नलड्ने घोषणा गरेकी थिइन्। उनले त्यस्तो घोषणा गरेपछि उनका पति तथा भूतपूर्व राज्यपाल कौशलले भनेका थिए, “एउटा समय आएपछि मिल्खा सिंहले पनि दौडिन बन्द गरेका थिए। यिनी त विगत ४१ वर्षदेखि चुनाव लड्दै आइरहेकी छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *