नक्कली कागज पत्र का आधारमा करोडौ ठगि गर्ने नाईके सहित ४ पक्राउ परेका

एजेन्सी,साउन २३अनलाईन न्युजपट्टी।

झुटो बिबरण दिई बैंक बाट Loan लिने मुख्य नाईके सहित समुहका ४ पक्राउ परेका छन्

पक्राउ परेका चार जनाको नाम मनोज ठाकुर, संजय ठाकुर, अनिमेष ठाकुर र अजीत शर्मा हुन्। सबै आरोपीहरू बिहारका हुन्। ती मध्ये तीन सीतामढी र एक मुजफ्फरपुरका हुन्।

यो समुह नोएडामा लामो समयदेखि सक्रिय थियो।

उनीहरूले पहिले नक्कली कम्पनी बनाई, त्यस पछि, नक्कली कागजातको सहयोगमा नक्कली कर्मचारीहरू त्यो कम्पनीमा काम गरिरहेको देखाउथियो । तिनीहरू ती कर्मचारीहरूको नाममा बैंकबाट व्यक्तिगत loan र कार loan लिएर फरार हुन्थे। यिनीहरु विभिन्न बैंक बाट करोडौ को घोटाला गरेका छन् आईसीआईसीआई बैंकबाट २ करोड र सिटी बैंकबाट १० लाख रूपैयाँ loan लिएको थियो । यी घटनाहरूमा नोएडा फेज ३ र नोएडा सेक्टर २० का पुलिस स्टेशनहरूमा पनि एफआईआर दर्ता गरिएको थियो।

यस बाहेक यस समूहले दर्जनौं बैंक तथा वित्त कम्पनीहरूलाई नक्कली कागजात मार्फत करोडौं रूपैयाँ लुट्यो।  यो समुहको ५६ हालसम्मको बैंकमा खाता रहेको पत्ता लागेको छ।

 

यसैबीच प्रहरीले छानबिनको क्रममा निम्न प्रकार नगद र जिन्सी समान फेला परेकाखातामा रहेका रु २२ लाख रूपैयाँ, भारतीय नगद रुपिया २३०००, एक नेपाली राहदानी, २ नेपाली नागरिकता प्रमाणपत्र र नेपाली नगद रु ६००००,प्यान कार्ड २ थान,आधार कार्ड २ थान, ५६ डेबिट कार्ड,  ५६ क्रेडिट कार्ड, २१ वटा बैंक पास बुक,  ४४ थान चेक बुक १  नक्कली टिकटहरू समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *