निर्दोष नेता भन्दै स्वागतमा ओर्लीयो जनसागर: ठूलो षड्यन्त्रबाट जितेर आएँ महरा

अनलाईन न्युजपाटी,दाङ ,समाचारदाता,फाल्गुन १३ गते।

बलात्कार प्रयास आरोपमा निर्दोष साबित भएका पूर्वसभामुख कृष्णवहादुर महरालाई दाङमा सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।  पार्टी कार्यकर्ता एवं शुभचिन्तकहरुले फुलमाला लगाएर बाजागाजा सहित स्वागत महराको स्वागत गरेका थिए  ।  स्वागत पछी पुर्व सभामुख महराले आफु सधै दङगाली र नेपाली जनतासंग जोडिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । आफु माथि लगाइएको आरोपको जित भएका कारण अहिले त्यतातिर नलाग्ने भन्दै यो जित नेपाली जनताको जित भएको बताउनुभयो ।  

मलाई स्वागत गर्दा खुसी लागेको छ, म नेपाली नागरिक हुँ नेपालको मायाँ गर्छु ,राष्ट्रिय स्वाधिनता,राष्ट्रिय स्वतन्त्रता र नेपालको सार्भभौम देशको रक्षा गर्ने दायित्व ठान्छु, महराले भन्नुभयो । प्रतिनिधिसभा दाङ क्षेत्र नम्बर २ का साँसद समेत रहनु भएका महराले विकास निर्माण, जनताको समस्या र जन जीवकासंग सधै जोडिरहने प्रतिबद्धता जनाउनुभएको थियो । बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएपछि पहिलो पटक निर्वाचन क्षेत्रमा पुगेका महराले आफूमाथि ठूलो षड्यन्त्र भएको तर जितेर आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *