केहि दिनका लागि धनगढी विमानस्थल आशिंक बन्द रहने

अनलाईन न्युजपाटी,धनगढी ,समाचारदाता,फाल्गुन १३ गते।

धनगढी विमानस्थल थप ७ दिन आशिंक बन्द हुने भएको छ।  धावनमार्ग मर्मत सम्भार र स्तरबृद्धीको कामलाई निरन्तरता दिनका लागि फागुन ११ देखि १८ गते सम्मका लागि विमानस्थल आशिंक बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले अनलाईन न्युजपाटीलाई बताए।

अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ।  बुढथापाले धावन मार्ग मर्मत सम्भार र स्तरबृद्धिको काम बाँकी रहेकाले साझ ६ बजेदेखि विहान ८ बजेसम्म विमानस्थल बन्द रहने जानकारी दिए। पछिल्लो पटक गत माघ २६ देखि फागुन ११ सम्म आशिंक बन्द भएको थियो भने त्यसअघि समेत एक महिना सम्म विमानस्थल पूर्ण र दुई महिनासम्म धनगढी विमानस्थल आशिंक रुपमा बन्द भएको थियो।तर माघदेखि पूर्ण रुपमा सञ्चालनमा आएको थियो। चिसोका कारण माघमा काम गर्न नसकिने अवस्था भएपछि सो समयमा विमानस्थल पूर्ण रुपमा सञ्चालन गरिएको थियो। अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग रहेको धनगढी विमानस्थलमा झण्डै २२ करोडको लागतमा थप धावनमार्ग कालोपत्रे भईरहेको छ भने दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो गरिदैछ। विमानस्थल प्रमुख बुढथापाले झण्डै १० प्रतिशत काम मात्र बाँकी रहेकाले फागुन १८ गते सम्म सम्पन्न भए, विमानस्थल पूर्ण रुपमा सूचारु हुने समेत अनलाईन न्युजपाटीलाई जानकारी दिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *