हिमालय एयरलाइन्सद्धारा तत्काल चीनका तीन शहरको उडान स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता,माघ २० गते।

चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगित गरेको छ।एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको जानकारी दिए।

हिमालयले चार्टड उडान गरिरहेका तीन गन्तब्यको उडान स्थगित गरे पनि नियमित उडान भइरहेको बेइजिङ र छोङछिङमा भने यात्रुको अवस्थालाई मध्यनजर गरेर उडान भर्ने जनाएको छ। यो गन्तव्यको उडान आगामी ६ फेब्रुअरी २०२० देखि स्थगित गर्ने योजना बनाएको कम्पनीले बजारको अवस्था अनुरुप सेवा दिनेछ।कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बेइजिङ र छोङछिङको ‘सेडुअल’ उडान रिरन्तर रहने तर कम्पनी आफैँले बजारको अध्ययन गरी आवश्यकताको आधारमा उडान सञ्चालन गर्ने बताए।

हिमालयले चीनका विभिन्न शहरसँगै हाल बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, यूएईको अबुधाबी, दुबई, साउदी अरेबियाको दमाम र कतारको दोहामा सिधा उडान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *