विगत ५ दिनेदेखि बेपत्ता भएका एक युवकको लास खेतको पानीमा फेला

अनलाईन न्युजपाटी,रौतहट,समाचारदादाता,माघ २० गते।

विगत ५ दिनेदेखि बेपत्ता भएका एक युवकको लास  खेतको पानीमा फेला परको छ ।रौतहटको इशनाथ नगरपालिका वडा नं. ८ मनसरीका २० वर्षीय युवा एतेशामुल हकको शव फेला परेको हो ।  एतेशामुलको शव सोमबार नगरपालिकास्थित अकोलवाको अरुवा नदीमा फेला परेको हो।नरकटीमा रहेको नातेदारको घरबाट माघ १५ गते बेलुकी हिडेका एतेशामुल  बाटोबाटै सम्पर्कविहिन भएका थिए। सम्पर्क बिहिन एतेशामुलको मोटरसाइकल राजपुर नगरपालिकास्थित अकोलवा नजिकै खेतमा फेला परेको थियो।  पछि कल डिटेल हेरेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। कल डिटेलबाट सुरु अनुसन्धानका क्रममा उनको हत्या आशंकामा दुई युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले बताए ।कार्कीले घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रौतहटमा ल्याइएको कार्कीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *